fbpx




पाल्पा(लुम्बिनी आवाज) नेपाल मगर साँस्कृतिक संघ पाल्पा जिल्ला समितिले आगामी असार १५ गते आफ्नो स्थापना दिवस भव्य रुपमा मनाउने तयारी गरेको छ ।

असार ७ गते शनिवार बसेको समितिको बैठकले १३ औं स्थापना दिवसको अवसरमा औपचारिक कार्यक्रमका साथै विविध सांँस्कृतिक कार्यक्रम समेत गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष देबी थापा मगरले जानकारी दिए ।

साथै, कार्यक्रममा मगर सँस्कृति झल्कीने विविध किसिमका मगर साँस्कृतिक प्रस्तुतीहरु समेत रहने र उक्त दिन असार पन्ध्र परेकोेले दही चिउरा खाने कार्यक्रम समेत रहेको सचिव अस्मीता ढेङ्गा मगरले बताईन् ।

तपाईंको प्रतिकृयाहरू