fbpx




काठमाडौं(लुम्बिनी आवाज) मंगलबार विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा बिभिन्न जिल्लाहरुमा गरि २१ वटा बम र २० वटा बम जस्तो देखिने शंकास्पद वस्तुहरु फेला परेको छ ।

बन्दको दिन दिउंसो १ बजेसम्म प्राप्त जानकारी अनुसार विभिन्न स्थानहरुमा गरि होक्स बम ९ वटा, सकेट बम २, टाइम बम १, ग्यास सिलिण्डर बम ३, सुतली बम १ प्रेशर कुकर बम ४, आरसी आइडि बम १ र बम जस्तो देखिने शंकास्पद वस्तु २० वटा फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै चारवटा तोडफोडका घटना र एक घटना आगजनीको घटेको छ । बन्दको क्रममा सात जनालाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू