fbpx




काठमाडौं(लुम्बिनी आवाज) सवारी साधनहरुलाई ट्राफिक व्यवस्थापनको नियम पालना गराउने जिम्मेवारीमा खटिएका ट्राफिक जवानले गृह मन्त्रालयका सह सचिवको गाडिमा लक लगाएका छन् ।

ति ट्राफिक जवानले सवारी पार्किङ गर्न निषेधित ‘नो पार्किङ’ लेखिएको स्थानमा नियम विपरित पार्किङ गरेको भन्दै गृह मन्त्रालयका सह सचिव रामकृष्ण सुवेदी चढ्ने गाडिमा लक लगाएका हुन् ।

नेपालको प्रचलित कानुन सबैले पालना गर्नुपर्ने भन्दै ट्राफिक प्रहरीले पछिल्लो समयमा कडाईका साथ नियमन गरिरहेको बेला बुधबार सिंहदरबार परिसरमा नियम विपरित पार्किङ गरेको देखेपछि गृह मन्त्रालयकै सेतो प्लेटको गाडीमा ति जवानले लक लगाएका हुन् ।

सरकारी गाडिमा लक लगाएको खबर बाहिरिएपछि ति जवानलाई केही कर्मचारीले धम्क्याएका थिए । तर सिंहदरबार परिसरका सर्वसाधारण एवं प्रत्यक्षदर्शीहरुले ति जवानको खुलेर तारिफ गर्दै यदि ति जवानलाई कुनै अफ्ठ्यारो परेमा वा कुनै विभागिय कार्वाही गरेको थाहा पाएमा राम्रो नहुने समेत बताएका छन् ।

प्रहरी श्रोतले भने अनुसार सह सचिव सुवेदीले पार्किङ निषेधित स्थानमा गृह मन्त्रालयको बा २ झ ३४६ नम्बरको गाडि पार्किङ गरि चमेना गृह तर्फ लागेका थिए । अनधिकृत पार्किङले ट्राफिक व्यवस्थापनमा कठिनाई हुने भएकाले उक्त गाडिलाई कार्वाही स्वरुप लक लगाउनुपरेको प्रहरीले बताएको छ ।

तपाईंको प्रतिकृयाहरू