fbpx




अर्घाखाँची(लुम्बिनी आवाज) कपिलवस्तुको कृष्णनगरबाट सन्धिखर्क आउदै गरेको लु १ ज १३२९ नम्बरको जीप अर्घाखाँचीको सुपादेउरालीमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परि घाईते ९ जना मध्ये ५ जना गम्भिर घाईते र ४ जना सामान्य घाईते भएका छन् । सामान्य घाईतेहरुलाई ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ भने गम्भीर घाईतेहरुलाई थप उपचारका लागि बुटवल लगिएकाे छ । दुर्घटनामा मृत्‍यु हुनेको पहिचान हुन सकेको छैन ।

सुपादेउरालीको मन्दिर र खाँचीखोला पुलको बिचमा जिप पल्टिएर खोलामा पुगेको छ ।

जिप सडकबाट ५०० मिटर तल खसेकाे ईलाका प्रहरी कार्यालय ठाडाले जनाएकाे छ ।

तपाईंको प्रतिकृयाहरू