fbpx




काठमाडौं (लुम्बिनी आवाज) नेपाल प्रहरी प्रधान कार्यालयले ४५ जना प्रहरी उपरीक्षक(एसपी)को सरुवा बढुवा गरेको छ । बढुवा पछि सरुवा गर्ने क्रममा १८ वटा जिल्लाका प्रमुखहरु समेत फेरिएको स्रोतले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयमा जारी गरिएको सरुवा सुची अनुसार भक्तपुरमा सविन प्रधान, काभ्रेमा जयराज सापकोटा, सिराहामा उमा प्रसाद चतर्वेदी, कैलालीमा सुदिप गिरी, पर्सा जिल्ला प्रमुखमा सोमेन्द्र सिंह राठौर र चितवनमा दान बहादुर मल्ल सरुवा भएका छन् ।

त्यस्तै उदयपुरमा वीर बहादुर बुढा मगर, मोरङमा विश्व अधिकारी, कास्कीमा दान बहादुर कार्की, सप्तरीमा मनोज कुमार यादव, नवलपरासीमा मोहन पोखरेल, बर्दियामा राजेश बास्तोला, सुनसरीमा यज्ञ विनोद पोखरेल, नवलपरासी पश्चिममा लालमणि आचार्य, धनकुटामा सुदर्शन कोईराला, ईलाममा हिरा बहादुर पाण्डे र पाल्पा जिल्ला प्रहरी प्रमुखमा श्याम कृष्ण अधिकारीको सरुवा भएको छ ।

तपाईंको प्रतिकृयाहरू