fbpx




जेठ २२, पाल्पा ‘स्वच्छ वायु, स्वस्थ जीवन’ भन्ने मुल नाराको साथ विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ। विश्व पर्यावरण प्रति विश्व स्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्र संघको आव्हानमा सन् १९७३ देखि यो दिवस मनाउन सुरु गरिएको हो ।

यस्तै ४६ औं विश्व वातावरण दिवशको अवसरमा नेपाल मगर सांस्कृतिक संघ पाल्पाको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

संघले पाल्पाको तानसेनमा अवस्थित प्रथम सहिद पार्क (लखन थापा पार्क) सरसफाई सँगै पार्कमा विभिन्न थरीका बिरुवाहरु वृक्षरोपण समेत गरेको छ । दिवसको अवसरमा जिल्ला भित्रका विभिन्न जातिय संघ संस्थाको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल मगर भू.पू.तथा प्रहरी संघ प्रदेश नंं. ५ का अध्यक्ष लालमने पून, नेपाल आदिबासी जनजाति महासंघ पाल्पाका सचिव राधाकृष्ण दंगाल, नेपाल मगर विद्यार्थी संघ पाल्पाका अध्यक्ष अमित रास्कोटी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम संघका अध्यक्ष देवि थापा मगरको अध्यक्षता र सचिव अस्मिता ढेङ्गा मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईंको प्रतिकृयाहरू